काठमाडौं - नेपालमा थप २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापाका ९ जना, मोरङ १ जना, सुनसरी १ जना, सर्लाही २ जना, काठमाडौं ३ जना, भक्तपुर १ जना, मकवानपुर १ जना, रामेछाप १ जना, ललितपुर १ जना, सिन्धुली १ जना, लमजुङ १ जना, कपिलवस्तुमा ४ र नवलपरासी १ जना गरी २७ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएकाहरु २७ देखि ४२ वर्ष उमेरसमूहका रहेका छन् । ती मध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् । 

योसँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । जसमा २ जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन् । प्रवक्ता डा. देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन् । उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए। मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।