काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको छ।

तिनकुनेमा जम्मा भएका प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको हो ।

स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको छ ।

अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ। प्रहरीले समूहमा जम्मा भएकामाथि निगरानीसमेत बढाएको छ।

प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।