१२ जिल्ला कोरोनाबाट प्रभावित
खबर एक्सप्रेस
२०७७-०१-१३ ०७:४२ मा प्रकाशित
Total Shares: 391
काठमाडौं - नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् ।
नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।
संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस