प्रहरी चौकी चौबिसेका इन्चार्ज चौधरी मृत फेला
खबर एक्सप्रेस
२०८०-०६-२४ १२:०१ मा प्रकाशित
Total Shares: 139
धनकुटा - धनकुटामा एक सहायक प्रहरी निरीक्षक (असई) मृत फेला परेका छन् ।
धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज धनकुटा असई प्रकाश चौधरी मृत फेला परेका हुन् ।
४१ वर्षीय चौधरी मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका थिए ।
मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको धनकुटा प्रहरीले जनाएको छ ।
मृतक असई चौधरीको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
फेसबुक पेज Like गर्नुहोस