हत्या अभियुक्त सांसद सिंहलाई अदालतमा पेस गरिँदै
सप्तरी - सप्तरीबाट निर्वाचित प्रदेशसभा सांसद अनिरुद्धकुमार सिंहलाई अदालतमा पेस गरिँदैछ । १६ वर्षअघिको हत्या मुद्दामा सोमबार पक्राउ परेका सांसद सिंहलाई आज अदालतमा पेस गरिन लागिएको हो ।
कर्तव्य ज्यान र डाँकामुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
अनिरुद्ध गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।
२०६४ साल असार ९ गते तत्कालीन खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दीपु भनिने गोविन्द चौधरीको हत्या भएको थियो । चौधरी माओवादी नेता थिए । मृतककी दिदी रिताकुमारी चौधरीले ०६४ असार १४ गते सिंहसहित ९ जनाको नाममा किटानी जाहेरी दिएकी थिइन् ।
चौधरीको हत्या मुद्दामा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । दोषी ठहर भएको अवस्थामा पनि यादव स्वतन्त्रबाट चुनाव लडेर प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस