काठमाडौं – जनता समाजवादी पार्टीका नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् ।

नेकपा प्रदेश–२ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहको पहलमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले हवारीलाई टीका लगाएर आफ्नो समूहमा प्रवेश गराएका हुन् । हवारी जसपाका मुस्लिम विभागका इन्चार्ज समेत हुन् । 

बालुवाटारमा पार्टी प्रवेश गरेपछि हवारीले देशलाई सही दिशा दिन सक्ने नेतृत्वलाई चयन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मात्र देशमा समाजवाद स्थापना गर्ने लक्ष्य पूरा हुन सक्ने देखेर आफू नेकपामा प्रवेश गरेको धारणा राखे ।

हवारी पूर्व माओवादी नेता समेत हुन् ।