एजेन्सी - संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाही 'अपरेसन एपिक फ्युरी' मा परी ठूलो संख्यामा मानवीय क्षति भएको छ। 

इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ। आक्रमणमा ८ जना सैन्य अधिकारी पनि मारिएको उक्त समाचार संस्थालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।

यता, इरानी रेड क्रिसेन्टले भने मृतकको संख्या २०१ पुगेको र ७४७ जना घाइते भएको दाबी गरेको छ। अमेरिका र  इजरायलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेको थियो। हमलामा इरानका उच्च अधिकारी र  सैन्य संरचनालाई मात्रै लक्ष्य गरिएको भन्ने अमेरिका र  इजरायलको दाबी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको घोषणा गरेका छन् भने इरानले यसलाई 'मनोवैज्ञानिक युद्ध' भन्दै अस्वीकार गरेको छ ।