काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल एक साताको औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन्।
नेपाली सेनाका अनुसार चिनियाँ पक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन गएका हुन्।
भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चीनका उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
प्रधानसेनापति सिग्देल चीनमा रहँदा बलाधिकृत रथी केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
सिग्देल असोज ३ गते नेपाल फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

.gif)


