काठमाडौं बन्यो विश्वकै चौथो वायु प्रदूषित सहर
खबर एक्सप्रेस
२०८१-११-०५ ०८:१५ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - आज काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।
बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको हो ।
दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ ।
भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। १९९ एक्यूआईसहित नयाँ दिल्ली दोस्रो स्थानमा रहेको हो। त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस