काठमाडौं - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भने, ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ?’

उनले सरकारले आफ्नो कार्यक्रम संसदमा नल्याएर संसदलाई छलेको आरोपसमेत लगाए ।

ओलीले सरकारले सार्वजनिक गरेको कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गरे ।