काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ ।

जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो कुरा सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । नेता नेपालले १८ गते बसेको सचिवालय बैठकमा पनि कार्यदलले बुझाएको प्रतिवेदनमै १५ बुँदे असहमति राखेका थिए । अध्यक्षद्वयले प्रस्ताव तयार पार्दा एकाधमात्रै समेटिन पुगेका र बाँकी विषय ओझेलमा परेको उनको आरोप छ ।

बैठकमा वरिष्ठ नेता नेपालसहित देव गुरुङ, लिलामणी पोखरेल, घनश्याम भुसाल, मातृका यादव, अष्टलक्ष्मी शाक्य, भिम आचार्य र घुजी पन्तलगायतले आ-आफ्नो धारणा राखिसकेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सञ्चालनको जिम्मेवारी दिएर प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए ।