वीरेन्द्रनगर - कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नेकपा संसदीय दलका नेता शाही मंगलबार एमालेको समर्थनमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखबाहेक नेकपाका १४ र एमालेका ९ गरी २३ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएपछि प्रदेश प्रमुखले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे राजनीतिक सहमतिअनुसार कर्णालीमा नयाँ सत्ता समीकरण बनेको हो ।

.gif)



