बाँके - बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा कार्यरत एक हवल्दार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ का अनुसार कैलालीको गौरीगंगा नगरपालिका–५ चौमालाका ३८ वर्षीय घनश्याम ढकाल ब्यारेकभित्रको आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाको कारण भने खुल्न सकेको छैन ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत सम्बन्धसँग जोडिएको कोणबाट समेत अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले विभिन्न कोणबाट अनुसन्धान जारी छ।
यसैक्रममा सोधपुछका लागि एक महिलालाई नियन्त्रणमा लिइएको छ।
साथै शवलाई घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ।

.gif)



