काठमाडौं - विश्वका विभिन्न देशमा गरेर कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ। २ सय १३ देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा कोरोना संक्रमितको संख्या ९२ लाख १६ हजार १ सय ५० पुगेको वल्डओमिटरले जनाएको छ। 

यो खबर तयार पार्दासम्म ४९ लाख ६१ हजार ९ सय ३७ जना निको भएका छन्। उपचार गराइरहेका ३७ लाख ७९ हजार २ सय ५३ जनामध्ये दुई प्रतिशत अर्थात ५७ हजार ८ सय ४१ जनाको अवस्था सामान्य रहेको छ। बाँकी ३७ लाख २१ हजार ४ सय १२ जनाको अवस्था जटिल रहेको वल्डओमिटरले जनाएको छ। 

अहिलेसम्म ४ लाख ७४ हजार ९ सय ६० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। मंगलबार मात्रै ३५ हजार २ सय ७५ जना नयाँ बिरामी थपिएका छन् भने एक हजार ४ सय ७६ जनाको मृत्यु भएको छ। 

नेपालमा मात्र कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार एकै दिन ५३८ जनामा कोरोना पोजिटिभ देखिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो।