यस्तो छ बुधबारको मौसम पूर्वानुमान
काठमाडौं - आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ भने स्थानीय वायुको पनि प्रभाव रहेको जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती भने देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस