मेरो कारणले एमालेको एकता नभएको ओलीको भनाई झुठो : प्रचण्ड
खबर एक्सप्रेस
२०७८-०२-२४ ०१:५५ मा प्रकाशित
Total Shares: 436
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एमालेको एकता नभएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।
सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् ओलीको सो आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’ प्रचण्डले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस