काेरोना कोषमा आईएमई लाइफको सात लाख ५० हजार
काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सात लाख पचास हजार आर्थिक सहयोग गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कंम्पनीले गरेको छ ।
यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालय मार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पी.पी.इ. लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस