बालुवाटार प्रकरणमा उच्च अदालतले माग्यो सम्पूर्ण कागजात
खबर एक्सप्रेस
२०७६-१०-२० ११:०० मा प्रकाशित
Total Shares: 463
काठमाडौं - उच्च अदालत पाटनले बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ । जिल्ला अदालतको आदेशउपर परेको दुषित लिखत ९ प्रक्रिया नपुगेको लिखत बदरसम्बन्धी पुरानावेदन मुद्दामा उच्च अदालतले प्रधानमन्त्री कार्यालय, मालपोत कार्यालय , गुठी संस्थान लगागतबाट तथ्यगत कागजात माग गरेको हो ।
अधिवक्ता दीपकराज जोशीको मुद्दामा उच्च अदालतले २०४७ सालको मन्त्रिपरिषदको निर्णयसमेत माग गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुंगेलको संयुक्त इजलासले आइतबार सम्पूर्ण फाइल माग गरेको हो ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस