काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं  उपत्यकामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज देशभर थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।