काठमाडौं - मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सरकारले आज निजी क्षेत्रसँग सुझाव लिँदैछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग छलफल गरिन लागिएको हो ।

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए ।

हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।