काठमाडौं - नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सकिने छ ।

यसलाई सरल भाषामा बुझ्दा, साना देखि ठुला ब्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसले ‘वान लिंक’ बाट आफ्नो ग्राहकलाई एस्. एम्. एस्. अथवा इमेल लगायत अन्य संचारको माध्यम उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।

परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा, ग्राहकलाई म्यानुअल विवरण मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलव्ध गराउने गरेकोमा ‘वान लिंक’ मार्फत, ग्राहकले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ–बैंकिग, एमबैंकिग,आइपीएस कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीको विकल्प पाउन सकिने कम्पनीले जनाएको छ ।