दुई सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई एमालेको पत्राचार
काठमाडौं - नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारलाई सघाएको भन्दै दुई जना सांसदलाई कारबाही गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्राचार गरेको छ ।
एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र विमला खत्री ओलीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेकाे एमालेका मुख्य सचेतक भुमिश्वर ढकालले जानकारी दिए । उनीहरुमाथि पार्टीको बिधान र संसदीय दलको बिधान नियम बिपरीत र पार्टीको निर्देशन बिपरीत गतिविधि गरेको आराेप छ ।
यसअघि नै शाहीलाई ३ दिनभित्र पार्टी कार्यालयमा उपस्थित भएर चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन पत्र पनि काटिएको थियाे ।
शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने वली २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् । उनीहरुले आफूलाई स्वतन्त्र सांसद भएकोले पार्टीको ह्विप नलाग्ने दावी गर्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस