आलमलाई धरौटीमा छाड्न उच्च अदालतद्वारा अस्वीकार, जेलमै रहने
काठमाडौं - पूर्वमन्त्री मोहमद आफताब आलमविरुद्धको विस्फोटक पदार्थ प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दामा उच्च अदालतको वीरगन्ज इजलासले शुक्रवार रौतहट जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।
जिल्ला अदालतको गत कात्तिक २९ मा आलमलाई पुर्पक्षका राख्न आदेश गरेको थियो । उच्च अदालतका स्रेस्तेदार ठाकुर खरेलका अनुसार न्यायाधीश सत्यमोहन जोशी थारू र हिल्लीराज आचार्यको संयुक्त इजलासले जिल्लाकै आदेशलाई सदर गरेको हो ।
नख्खु कारागारमा रहेका आलमले जिल्लाको आदेश बेरितको भन्दै तारेखमा रही मुद्दामा पुपेक्ष गर्ने पाऊँ भनी उच्च अदालतमा निवेदन दिएका थिए ।
निवेदकको राजनीतिक शक्ति एवं सार्वजनिक पद, क्रूर यातना तथा अमानवीय एवं अपमानजनक वारदातको प्रकृति तथा एउटै वारदातमा एकभन्दी बढी व्यक्तिउपर एकभन्दा बढी कसुर भएको भन्ने अभियोग दाबीको कसुरहरूको प्रकृति देखिने समेतका आधारहरूले निवेदकलाई मलकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम धरौटी/जमानत माग गर्ने आधारहरू र अवस्था विद्यमान रहेको देखिएन', अदालतको आदेशमा उल्लेख छ ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस