हाइड्रो भिलेजमा एचआइडिसिएलको लगानी
काठमाडौं - म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा अनुसार एचआइडिसिएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो । लगानी सम्बन्धी सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्या. रामेश्वर थापाले हस्ताक्षर गरेका हुन ।
एचआइडिसिएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । ‘निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि हामी लगानी गर्दै जानेछौं,’ उनले भने, ‘कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौं ।’
फेसबुक पेज Like गर्नुहोस