सभामुख सापकोटासँग परामर्श नगरि संसद अधिवेशन अन्त्य
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले आफूसँग परामर्श नै नगरिसंसद अधिवेशनको अन्त्य गरेको बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेपछि प्रतिक्रिया दिँदै सापकोटाले उक्त कुरा बताएका हुन् ।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताएका हुन् ।
सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन्। संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो।
प्रधानमन्त्री ओली सभामुख सापकोटा असन्तुष्ट छन् । शनिबार बसेको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले सभामुखप्रति निकै असन्तुष्टि जनाएका थिए। ओलीले सभामुखकै कारण अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको आरोप लगाएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस