काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या चार सय नाघेको छ । बितेको २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यू भएसँगै कुल मृतकको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार १२०४ जना नयाँ कोरोना संक्रमित थपिँदा १४४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको शनिबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शनिबारसम्म नेपालमा ६२ हजार २९७ जना संक्रमित भेटिएका छन् भने ४५ हजार २६७ जना निको भइसकेका छन् । हाल १७ हजार १२९ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् ।