काठमाडौं - कतार विश्वकप अन्तर्गत युरोपियन छनोटको प्ले अफमा पोर्चुगलले टर्कीलाई पराजित गरेको छ ।

पोर्टोमा बिहीबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो । पोर्चुगलको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे । टर्कीका लागि बुराक यिल्माजले एक गोल गरे । 

अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ । नर्थ म्यासेडोनियाले इटालीलाई हराएर पोर्चुगलसँगको भेट पक्का गरेको हो । खेल २९ मार्चमा हुनेछ ।