काठमाडौं-नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको हो।
जिम्बावेको हरारे स्पोट्स क्लबमा जारी खेलमा नेपालले टर हारेर पहिला ब्याटिङ गरेको थियो। नेपालले ५० ओभरको समाप्तीमा ८ विकेट गुमाएर २९० रन बनाउँदै २९१ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपालको लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे। उनले ९९ रनको योगफल बनाए। त्यस्तै, आशिफ शेखले ६६ रन जोडे। कुशल मल्लले ४१, रोहित पौडेलले ३१, गुल्सन झाले १३, आरिफ शेखले १०, दीपेन्द्र सिंह ऐरीले ६ रन तथा सोमपाल कामीले २ रन बनाए।

.gif)



