काठमाडौं - नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी उनी सडक दुर्घटनामा परि गम्भीर घाइते भएर गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।