काठमाडौं - कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो ।

बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो । अस्पतालमा उपचाररत ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक गरे, १४ घण्टा ढिलो गरी । 

यस विषयमा मंगलबार राति नै अस्पतालका प्रवक्ता अनुप बास्तोलालाई जानकारी गराएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झाले बताएकी छिन् । 

 नागरिक दैनिकबाट