काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।

आइतबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको थियो । तर, प्रधानन्यायाधीश जबराको इजलासमा परेका अरू सबै रिट ‘हेर्न नभ्याउने’ सूचीमा परेका छन् ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘मेरो सहमतिबेगर मलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र कुलमान घिसिङलाई मेरो पदाधिकार नटुटेको र कायम रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णयबाट मेरो उक्त पदमा रही काम गर्ने मेरो अधिकारमा आघात पुगेको’ भन्दै रिट दर्ता गरेका थिए ।