अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौं - आफूमाथि कुटपिट र गाली बेइज्जती भएको भन्दै बौद्ध भिक्षु फुर्पा साङ्मो तामाङले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्। तामाङले अभिनेत्री मिरुना मगर र फिल्मका प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका हुन्।
बुधबार उनीहरुविरुद्ध तामाङले गाली बेइज्जती र कुटपिटको मुद्दा दर्ता गराएका हुन्। फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन्।
गत जेठ १५ गते काठमाडौँको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन्। त्यसपछि उनीहरुले मिलापत्रसमेत गरेका थिए। तर, यो केश अब अदालतमा पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस