डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना
खबर एक्सप्रेस
२०८०-०६-२५ १२:२७ मा प्रकाशित
Total Shares: 183
काठमाडौ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस