सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो
खबर एक्सप्रेस
२०८०-०५-२७ ११:३६ मा प्रकाशित
Total Shares: 123
काठमाडौं- साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाली बजारमा आज २ सय रुपैयाँले सुन बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन पनि छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
कारोबारका अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९० रुपैयाँमा कायम भएको छ ।
फेसबुक पेज Like गर्नुहोस