काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोरोना राहत कोष मा दिने घोषणा गरेका छन् ।

श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने बताएका हुन् ।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’ ट्वीट गर्दै श्रेष्ठले भनेका छन् ।