लोबुचे हिमालको चुचुरोमा पुग्यो बहराइनका राजकुमारसहितको टोली
खबर एक्सप्रेस
२०७७-०६-१७ ०१:५० मा प्रकाशित
Total Shares: 267
काठमाडौं - बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।
६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोलीले आरोहण गरेको हो । राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न गत भदौ ३१ गते काठमाडौं आएको थियो । टोलीमा राजकुमार र १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक छन् ।
यो वर्ष नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो । अब उनीहरुले गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन्
फेसबुक पेज Like गर्नुहोस