काठमाडौं - साउन १९ गते एक हार्डवेयर सञ्चालकलाई चक्कुले हानेर हत्या गर्ने बुद्ध रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन– ८ मा सिभान्स सप्लायर्स हार्डवेयरका सञ्चालकको हत्या भएको थियो । प्रहरी अनुसन्धानका क्रममा रुम्बा दोषी देखिएपछि उनी फरार थिए ।

उनी हत्यालगत्तैदेखि सम्पर्क विहीन भएपछि उनैमाथि शंका गरेर अनुसन्धान भएको थियो ।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा– ९ घर भएका २३ वर्षीय उनी काठमाडौंको कपनमा डेरा गरी बस्थे ।

उनलाई प्रहरी वृत्त स्वयंभुको टोलीले बुधबार कोटेश्वरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ ।