काठमाडौं - कोरोना भाइरसका कारण हालसम्म विश्वमा अहिलेसम्म ३५ हजार ४ जनाको मृत्यु भएको छ । त्यस्तै, ७ लाख ३८ हजार २ सय ३३ जनालाई संक्रमण भएको छ भने १ लाख ५६ हजार २ सय ९५ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १९९ वटा देशमा फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने भाइरसबाट ९७ हजार ६ सय ८९ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म ७ हजार ३ सय ४० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८५ हजार १ सय ९५ पुगेको छ । त्यस्तै चीनमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ । भाइरसका कारण चीनमा आज थप ४ जनाको मृत्यु भएको हो । इरानमा २ हजार ७ सय ५७ जनाको मृत्यु हुँदा संक्रमितको संख्या ४१ हजार ४ सय ९५ रहेको छ ।

अमेरिकामा अहिलेसम्म महामारीका कारण २ हजार ४ सय ९० जनाको ज्यान गएको छ भने सबैभन्दा धेरै कोरोनाका संक्रमित पनि अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १ लाख ४२ हजार ७ सय ९३ पुगेको छ । त्यस्तै ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २८ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या १९ हजार ५ सय २२ रहेको छ । त्यस्तै फ्रान्समा कोरोनाको महामारीबाट मृत्यु हुनेकको संख्या २ हजार ६ सय ६ रहेको छ भने संक्रमितको संख्या ४० हजार १ सय ७४ जनामा संक्रमण देखा परेको छ ।