प्रधानमन्त्री ओलीको चीन भ्रमण तय
खबर एक्सप्रेस
२०८२-०५-०१ ०७:३२ मा प्रकाशित
Total Shares: 94
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ ।
तियानचिनमा १५ र १६ भदौमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली जाने भएका हुन् ।
उनी १४ भदौमा बेइजिङ प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको बताइएको छ । चीन भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको र तयारी पूरा भएपछि औपचारिक जानकारी गराइने स्रोत बताउँछ ।
शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको भेटवार्ता हुने सम्भावना छ । मोदी पनि शिखर सम्मेलनमा एससीओ सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुँदै छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस