विदेश जाने श्रमिक र विद्यार्थीले प्रहरी, सेनाको अस्पतालमा खोप लगाउन पाउने
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै दुई खोपकेन्द्र तोकेको हो ।
काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी मन्त्रालयले गराएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार विदेश जाने श्रमिक र विद्यार्थीले उक्त खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने छन् ।
खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस