फेरि घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-२४ १२:०१ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार प्रतितोलामा १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस