काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । 

शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो । संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखिम र समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ । 

 बैठकमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजबादी पार्टी (जसपा)बाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधिको सहभागी छ । 

बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बहिस्कार गरेका छन् ।  जसपाकै संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा  सहभागी छैनन् ।