काठमाडौं - सरकारले अब नेपालमा गरिबीको कारणले कोही भोकै नपर्ने बताएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले कोही पनि भोकै नपर्ने तथा कोही पनि भोकले नमर्ने सरकारको प्रतिबद्धता रहेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।

त्यस्तै, गरिबीको अन्त्य लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताइन् ।