गण्डकीका मुख्यमन्त्रीको एन्टिजिन परीक्षण पोजेटिभ
खबर एक्सप्रेस
२०७८-०१-२२ १०:४० मा प्रकाशित
Total Shares: 421
काठमाडौं,पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबारबाट उनलाई ज्वरो आएपछि एन्टिजिन परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट पोजेटिभ आएको हो ।
पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए ।
मुख्यमन्त्री गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपाने हाल आइसोलेसनमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस