सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट सम्झौता
काठमाडौं - सिटिजन्स बैंक र बन्दीपुर तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज बुधबार भएकाे सम्झौतापश्चात् सिटिजन्स बैंकको डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउने छन् ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकको लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्फत डेबिट कार्ड लिन आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिनसक्ने लगायतका व्यवस्था गरेको बैंकले जनाएकाे छ ।
सिटिजन्स बैंकले देशैभरी आफ्ना १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरु दिँदै आएको बैंककाे दाबी छ ।
व्यवसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनिकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस