नेदरल्याण्डमा कोरोनाबाट चीनमा भन्दा धेरैको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-१८ ०७:४० मा प्रकाशित
Total Shares: 250
एजेन्सी - युरोपेली देश नेदरल्याण्डमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्याले चीनको आँकडालाई पार गरेको छ ।
त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएसँगै चीनको आँकडालाई पार गरेको हो । यस्तै, ४ सय नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म नेदरल्याण्डमा कोरोनाबाट ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ भने ३८ हजार संक्रमित छन् । यता, कोरोनाको उद्गमस्थल मानिने चीनमा भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस