संसद् विघटन गर्नुअघि धेरै सोचेँ, अहिले प्रतिगमनभन्दा उदेक लाग्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुअघि आफूले धेरे पटक सोचेको बताएका छन् ।
सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले वैकल्पिक सरकारको सम्भावना नरहेपछि संसद विघटन गरेको बताए । पार्टीबाटै सरकारलाई असहयोग भएको उनको भनाई छ ।
'संवैधानिक अंगमा नियुक्तिबारे पार्टीबाटै कचिंगल मच्चाउने बताउँदै ओलीले भने, संवैधानिक अंगमा कसैको सिफारिस भयो त्यहाँ कचिंगल मच्चाइन्छ । आफ्नै दलका नेता प्रयोग हुन्छन्, कार्यकारी पदमा अनुपयुक्त व्यक्ति अघि सार्ने, एक हिसावले भन्दा समानान्तर सत्ता सञ्चालन गरिन्छ । यस्तो अवस्थामा सकेसम्म अल्मल्याउने, नभए कामै गर्न नदिने आफ्नै दलका साथीहरु उभिए । नेकपाका शीर्ष तहमा रहेका नेताहरुको आकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थिपाकामा नपरोस् भनेर सचेत रहेकै हुँ । समयभन्दा अघि निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर मैले धेरै प्रयास गरेको हुँ ।' ओलीले भने ।
'प्रतिनिधिसभा विघटन गर्दा पार्टीका केही व्यक्तिले झुटो लाञ्छना लगाएकोबाहेक केही नभएको बताए । प्रतिनिधिसभा विघटन गर्नुभन्दा अघि मैले धेरैपल्ट सोचेँ । विघटन गर्न नपरोस् भनेर प्रयास पनि गरेँ ।,' ओलीले भने । 'विद्यमान अवस्थामा वैकल्पिक सरकारको सम्भावना छ त ? पार्टीमा केही व्यक्ति गाइँगुइँ र एकजना व्यक्तिले झुटो लाञ्छना लगाएकोबाहेक केही छैन । संसदीय दलमा कुनै उजुरी छैन । दलको तर्फबाट कुनै समस्या पर्यो, बैठक गरौँ भन्ने माग पनि भएको छैन ।'
उनले आफूलाई प्रतिगमनको आरोप लगाउँदा अहिले उदेक लाग्ने गरेको समेत बताए । 'प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छना मात्रै हो ।' ओलीले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस