काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन् ।

सोमबार बिहानै उनले बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताए ।

उनले सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको जानकारी गराए । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग आफूले पनि यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको जानकारी दिए।