काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । यसअघि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरेका थिए ।