काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बालुवाटारमा बस्‍ने तय भएको बैठक आइतबार ३ बजे बस्‍ने गरी स्थगित भएको एक सचिवालय सदस्यले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि आज दिउँसो ३ बजेसम्मको लागि स्थगित गरिएको थियो । तर, अझै केहि विषयमा छलफल गर्न समय अपुग भएपछि बैठक आइताबारसम्मको लागि स्थगित गरिएको ती सदस्यले बताए ।